खेल


काभा भलिबल : काजकस्तानसँग पराजित भयो नेपाल

काभा भलिबल : काजकस्तानसँग पराजित भयो नेपाल

नेपालखबर
साउन ६, २०८३ बुधबार १३:३५, काठमाडौँ

काभा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल काजकस्तानसँग पराजित भएको छ। 

पाकिस्तानको इस्लामावादमा भएको उद्घाटन खेलमा नेपाल काजकस्तानसँग ३–२ को सेटमा पराजित भएको हो। 

सुरुवाती २ सेट गुमाएको नेपालले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पारेको थियो। तर पाँचौँ तथा अन्तिम सेट भने गुमाउँदा नेपाल पराजित हुन पुग्यो। नेपाल काजकस्तानसँग २५–१९, २५–२१, ३२–३४, १९–२५ र १५–९ ले पराजित भयो। 

नेपालले दोस्रो खेल बिहीबार श्रीलंका, शुक्रबार पाकिस्तान, आइतबार बंगलादेश र आगामी सोमबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ। च्याम्पियनसिपमा नेपालसहित आयोजक पाकिस्तान, काजकस्तन, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरि ६ टोली खेल्नेछन्। 

च्याम्पियनसिपमा सबै टोलीको खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। अन्तर्राष्ट्रिय भलिबलमा नेपालको पुरुष भलिबल टोलीले उच्च प्रदर्शन गर्न सकेको छैन। एक दशकअघि सेन्ट्रल जोनमा पुरुष टोलीले जितेको कास्य पदक नै पहिलो हो। त्यसयता नेपालले पदक जित्न सकेको छैन।

नेपाली टोलीः हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्द 

मुख्य प्रशिक्षकः जगदिश प्रसाद भट्ट,

सहायक प्रशिक्षकः रुपेश कुमार विष्ट,

व्यवस्थापकः सोम बहादुर श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad