खेल


आशिफको दोहोरो कीर्तिमानी शतकपछि एपीएफले मधेशलाई दियो ३९१ रनको लक्ष्य

आशिफको दोहोरो कीर्तिमानी शतकपछि एपीएफले मधेशलाई दियो ३९१ रनको लक्ष्य

नेपालखबर
चैत ३०, २०८२ सोमबार १२:४१, काठमाडौँ

ओपनर आशिफ शेखको कीर्तिमानी दोहोरो शतकमा एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशसामु ३ सय ९१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

वीरगन्जको नारायणी क्रिकेट मैदानमा मधेश प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ९० रनको योगफल तयार पारेको हो।

एपीएफका आशिफ शेखले २ सय ८ रनको योगदान दिए। उनले १ सय ४२ बलमा १५ चौका र १७ छक्का हान्दा रिटायर्ट हर्ट हुदै पेभेलियन फर्के। 

कप्तान रोहित पौडेलले ७३ बलमा ६ चौका र १ छक्का सहयोगमा ५५ रन थपे। दिपक बोहोराले १३ रन बनाउँदा क्याच आउट हुन पुगे। सन्दीप जोरा ५६ रन बनाउँदा रुपेश सिंहको बलमा कट एण्ड बोल्ड हुन पुगे। सुमित महर्जन ४ रन बनाउँदा रुपेश कै बलमा क्याच आउट हुन पुगे। 
लोकेश बम २१ र कमल ऐरि १८ रनमा अविजित रहे। 

मधेशका लागि रुपेश सिंहले ३ विकेट लिए। रञ्जित कुमारले समान एक विकेट लिए। मधेश प्रदेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

पीएम कप इतिहासमा दोहोरो शतक पूरा गर्ने आशिफ पहिलो खेलाडी हुन्। आशिफको कीर्तिमानी प्रदर्शनमा एपीएफले पिएम कपमा कीर्तिमानी लक्ष्य दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad