कांग्रेस सभापति गगन थापाले क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेकोमा निवर्तमान कार्वाहक सभापति पूर्णबहादुर खड्काले आपत्ति जनाएका छन्।
कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गर्दै खड्काले पार्टी सदस्यता कुनै नेताको आवेग, उत्तेजना, लहडमा भाषणमार्फत खारेज हुन नसक्ने बताए। ‘निर्दलीय निरंकुस पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिवन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन,’ खड्काले भनेका छन्।
कांग्रेस सभापति थापाले चैत २५ मा मधेस प्रदेशमा आयोजित चुनावी समीक्षा कार्यक्रममा सदस्यता खारेज भएको घोषणा गरेका थिए।


828
Shares

प्रतिक्रिया