पाँचौँ कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ।
प्रतियोगितामा सात स्वर्ण, समान तीन रजत र कास्यसहित १३ पदकसहित पुलिस क्लब च्याम्पियन बनेको हो। एपीएफ दोस्रो र त्रिभुवन आर्मी क्लब तेस्रो भएका छन्।
एपीएफले ६ स्वर्ण, तीन रजत र चार कास्यसहित १३ पदक जित्यो भने आर्मीले चार स्वर्ण, ६ रजत र एक कास्य पदक प्राप्त गर्न सफल भयो।
सातदोबाटोस्थित कराते एकेडेमीमा शनिबार सबै १७ वटा इभेन्टको फाइनल भएको हो।
पुरुष ५० केजीमा पुलिसका राकेश मानन्धरले स्वर्ण पदक जिते भने गण्डकी प्रदेशका बमिन गुरुङले रत पदक जिते। त्यस्तै, सुदूरपश्चिम प्रदेशका गजेन्द्र साउद र नेपाल पुलिस क्लबका सुजन तामाङले कास्य पदक जितेका छन्।
पुरुष ८४ केजी मुनिको तौल समूहमा एपीएफका मोहम्मद शेखु आलमले स्वर्ण पदक जितेका छन्। त्यस्तै, कृष्ण बुढा मगरले रजत तथा पुलिसका सुरज राजबाहक र गण्डकीका रोशन गरन्जाले कास्य पदक प्राप्त गरे।
महिला ६८ केजी मुनिको तौल समूहको फाइनलमा पुलिसकी आशिका राईले स्वर्ण र आर्मीकी सम्पदा केसीले रजत पदक जितन्। लुम्बिनीकी रबिना घर्ती मगर र बागमतीकी उरुषा पहारीले कास्य पदक प्राप्त गरिन्।
यस्तै, महिला ४५ केजी मुनिको तौल समूहमा पुलिसकी वर्षा बुढा मगरले स्वर्ण र एपीएफकी आस्था लुहारले रजत पदक जितिन्। मधेशकी अज्मी अली र लुम्बिनीकी बिन्दु जीएमले कास्य पदक प्राप्त गरे।
पुरुष ५५ केजी तौल समूहमा एलोन श्रेष्ठ च्याम्पियन भए। बागमतीका निशान घिसिङले रजत पदक जिते भने गण्डकीका सन्दीप तामाङ र कोशीका अरुणकुमार लिम्बूले कास्य पदक जिते।
महिला ५० केजी मुनिको तौल समूहको फाइनलमा एपीएफकी अन्जली महर्जनले स्वर्ण र बागमतीकी पर्वती श्रेष्ठले रजत पदक जितिन्। आर्मीकी नविना डिमडुङ र मधेसकी मनिता मोक्तानले कास्य पदक जिते।
यसैगरी, पुरुष ६० केजी मुनिको तौल समूहमा एपीएफका मीनबहादुर तामाङले स्वर्ण पदक जिते। मधेसका रितेश थिङले रजत पदक जिते भने बागमतीका सुबिन सुनार र सुदूरपश्चिमका विष्णु विकले कास्य पदक प्राप्त गरे।
महिला ५५ केजी मुनिको तौल समूहमा आर्मीकी प्रियंका शाहीले स्वर्ण, पुलिसकी सविना श्रेष्ठले रजत पदक प्राप्त गरे भने गण्डकीकी निशा पुन मगर र सृजना खुलालले कास्य पदक प्राप्त गरे।
पुरुष ६७ केजी मुनिको तौल समूहमा एपीएफका प्रदीप बैजाली प्रदीप मगरले स्वर्ण, पुलिसका सन्तोष श्रेष्ठले रजत, कोशीका सन्देश मगर र बागमतीका मिलन नेपालीले कास्य पदक जिते।
महिला ६१ केजी मुनिको तौल समूहमा पुलिसकी निरुपा तामाङ दोङले स्वर्ण, श्रद्धा सुनारले रजत, एपिएफकी सोनिया तिरुवा र रन्जना चाम्लिङले कास्य पदक प्राप्त गरे।
आर्मीका सिबु ओडले पुरुष ७५ केजी मुनिको तौल समूहमा स्वर्ण, पुलिसका राजीव पुडासैनीले रजत, कोसीका मनोज विश्वकर्मा र एपीएफका अनिल बरामले कास्य पदक जिते।
महिला ६८ केजीमाथिको तौल समूहमा आर्मीकी श्रद्धा थापाले स्वर्ण, एपिएफकी महिमा राईले रजत, कोसीकी सुमना उराँव र सुदूरपश्चिमकी करुणा बडुवालले कास्य पदक प्राप्त गरे।
पुरुष ८४ केजी तौल समूहमा तेन्जिङ शेर्पाले स्वर्ण, आर्मीका सुरेश जापरेलले रजत, बागमतीका अजय ब्लोन र गण्डकीका उज्ज्वल बासुलाले कास्य पदक जिते।
यस्तै, नेपाल पुलिस क्लबका स्वनिम मानन्धर र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङ एकल कातामा च्याम्पियन बनेका छन्। स्वनिम लगातार चौथो पटक पुरुष एकल कातामा स्वर्ण पदक जितेका छन्।
शनिबार फाइनलमा स्वनिमले आर्मीका प्रविण मानन्धरलाई हराए। एपीएफका अन्जन यसस्माली मगर र कोसी प्रदेशका खगेन्द्र चाम्लिङ राईले कास्य पदक जिते।
महिला टिम काताको महिला पुलिस च्याम्पियन बनेको छ। पुलिसले फाइनलमा आर्मीलाई हरायो। बागमती र सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान प्राप्त गरेको छ।
पुरुष टिम कातामा पनि पुलिस च्याम्पियन बनेको छ। आर्मीले रजत, बागमती र एपीएफले कास्य पदक प्राप्त गरेका छन्।
पुलिसकी वर्षा बुढा मगर महिला र एपीएफका प्रदीप बैजाली मगर पुरुषतर्फको वेस्ट फाइटर घोषित भए। उनीहरूले नेपाल कराते महासंघका उपाध्यक्ष महेन्द्रबहादुर सिंहबाट सौजन्य प्राप्त २५ हजार रुपैयाँ प्राप्त गरे।
कोसीकी सृजना खुलाल महिला र सुदूरपश्चिमका विष्णु विक पुरुषतर्फको उदीयमान खेलाडीले घोषित भए। उनीहरूले अर्बजाको गी प्राप्त गरे।
टिम च्याम्पियनले पुलिसले ट्रफीसहित एक लाख ५० हजार, दोस्रो एपीएफले ७५ हजार र तेस्रो आर्मीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा सातै प्रदेश र तीन विभागका गारी २१० खेलाडीले फाइट र काता गरी १७ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।
Shares

प्रतिक्रिया