एसियन खेलकुद छनोट खेलमा मलेसियाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने भएको छ।
बिहीबार सिंगापुर नेशनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपाली टोलीले ब्याटिङ गर्ने भएको हो। नेपाल र मलेसियाबीचको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ।
आफ्नो पहिलो खेलमा चीनलाई हराउँदै नेपाल र मलेसिया दुवै टोलीले एसियाली खेलकुदमा स्थान बनाइसकेका छन्। छनोटमा दुई समूहका शीर्ष स्थानमा रहने टोलीले एसियाली खेलकुदमा स्थान पक्का गर्नेछन्।
समूह ‘बी’ बाट हङकङ र ओमानले एसियाली खेलकुदमा स्थान बनाइसकेका छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। नेपाल र मलेसियाको खेलले सेमिफाइनल समिकरण समिकरण पूरा हुनेछ।
3
Shares

प्रतिक्रिया