ग्लोबल


पाकिस्तानमा अमेरिका-इरान वार्ता: पहिलो चरण सम्पन्न, केही समय विश्रामपछि फेरि सुरु हुने

पाकिस्तानमा अमेरिका-इरान वार्ता: पहिलो चरण सम्पन्न, केही समय विश्रामपछि फेरि सुरु हुने

नेपालखबर
चैत २८, २०८२ शनिबार २१:३४, काठमाडौँ

पाकिस्तानको इस्लामाबादमा इरान र अमेरिकाबिच पहिलो चरणको वार्ता सम्पन्न भएको छ।

पहिलो चरणको वार्ता दुई घण्टासम्म चल्यो। जसमा इरानले लेबननमा इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ।

केही समयको विश्रामपछि छलफल पुनः सुरु हुने बताइएको छ।

विज्ञहरूको उपस्थितिमा भएको वार्तामा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानुनसँग सम्बन्धित मुद्दामा छलफल भयो। 

अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानतर्फ संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले वार्ताको नेतृत्व गरेका छन्। 

बीबीसी उर्दुका अनुसार वार्ता इस्लामाबादको सेरेना होटलमा आयोजना गरिएको हो। 

वार्ताबारे धेरै कुरा सार्वजनिक भइसकेको छैन।

गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेका अमेरिका र इरान स्थायी शान्तिका लागि आज थप वार्तामा जुटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad