अफ रोड अल इलेक्ट्रिक एसयूभी जेको ६टीको मूल्य एक लाख रुपैयाँले बढेको छ।
नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले जेठ २० गतेदेखि लागू हुने गरी जेको ६टीको मूल्य बढाएको हो।
ईभीमा नयाँ बजेटमार्फत कर बढेपछि त्यसको असर गाडीको मूल्यमा परेको हो।
योसँगै जेको ६टीको नयाँ मूल्य ६९ लाख ९९ हजार रुपैयाँ पुगेको छ। मूल्य परिवर्तन हुनुअघि ६८ लाख ९९ हजार रुपैयाँ थियो।
लाइफ स्टाइल ईभी जे ६टीमा ६५.६९ किलोवाट आवरको ब्याट्री र १३५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ। यसका डब्ल्यूएलटीपी रेन्ज ४१३ किलोमिटर छ। १०.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टा गति लिन सक्षम ईभीको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टा छ।
६.६ किलोवाटको एसी चार्जरबाट ६.६ घण्टमा ० देखि १०० प्रतिशत र १३० किलोवाटको डीसी चार्जरबाट २८ मिनेटमा ० देखि १०० प्रतिशत चार्ज हुने कम्पनीले जानकारी दिएको छ।
ईभीको ह्विलवेस २७१५ एमएम र ग्राउन्ड क्लियरेन्स २२५ एमएम छ। लगेज राख्नका लागि ४५० लिटरको बुट स्पेस छ।
इन्फोटेनमेन्टका लागि १५.६ इन्चको टचस्क्रिन र इन्ट्रुमेन्ट क्लस्टरका लागि १०.२५ इन्टको डिजिटल स्क्रिन छ। कारले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सर्पोट गर्छ।
Shares

प्रतिक्रिया