कारोबार


तीन लाखले बढ्यो आईकार भी२३को मूल्य

तीन लाखले बढ्यो आईकार भी२३को मूल्य

नेपालखबर
जेठ २०, २०८३ बुधबार १७:४३, काठमाडौँ

आईकार भी२३ को मूल्य ३ लाख रुपैयाँले बढेको छ।

नेपालका लागि चेरीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले जेठ २० गतेदेखि लागू हुने गरी आईकार भी२३को मूल्य बढाएको हो। 

नयाँ बजेटमार्फत ईभीमा कर बढेपछि विलासी ईभी महंगिएका छन्। 

आईकार भी२३को नयाँ मूल्य ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ। मूल्य परिवर्तन हुनुअघि ५० लाख ९९ हजार रुपैयाँ थियो। 

आकर्षक रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको आइकार भी २३ साइबर–टेक डिजाइमा आधारित रेट्रो–क्लासिक एसयूभी हो। १०० किलोवाट क्षमताको सिंगल मोटरले १८० एनएम टर्क प्रदान गर्छ।

५९.९३ किलोवाट आवर क्षमताको ब्याट्रीले ४०१ किलोमिटर सीएलटीसी रेन्ज प्रदान गर्ने दाबी छ। फास्ट चार्जरबाट ३० मिनेटमा ३० देखि ८० प्रतिशत र एसी चार्जरबाट ८ घण्टामा ० देखि १०० प्रतिशत चार्ज हुन्छ। 

गाडीको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम, उचाइ १८४५ र ह्विलबेस २७३५ एमएम, ग्राउन्ड क्लियरेन्स २१० एमएम र बुट स्पेस ३४० लिटर छ। 

आइकार भी २३ मा इन्फोटेनमेन्टका लागि १५.४ इन्चको टचस्क्रिन र १०.२५ इन्चको डिजिटर इन्स्ट्रुमेन्ट क्लस्टर छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad