ad ad

खेल


इटालियन क्लब फ्लोरेन्टिनाका तीन खेलाडीमा कोरोना पोजेटिभ देखियो

इटालियन क्लब फ्लोरेन्टिनाका तीन खेलाडीमा कोरोना पोजेटिभ देखियो

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १०:१९,

इटालियन क्लब फ्लोरेन्टिनाका तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ। क्लबले संक्रमित खेलाडीको नाम भने सार्वजनिक गरेको छैन। कोरोना पोजेटिभ देखिएपछि खेलाडीहरुलाई आइसोलेसनमा राखिएको छ।

संक्रमित खेलाडी तथा स्टाफलाई अलग गरेर उपचार प्रक्रिया सुरु गरिएको छ। बाँकी खेलाडीको मेडिकल र फिटनेस परीक्षण गर्ने तयारी गरिएको छ।

इटालियन सरकारले सिरी ‘ए’का क्लवहरुलाई प्रशिक्षण गर्न अनुमति दिए पनि खेलाडीहरुलाई व्यक्तिगत रुपमा अभ्यास गर्न आग्रह गरेको छ।

एक टोरिनोका खेलाडीलाई समेत बुधबार कोरोनाको लक्षण देखिएपछि क्वारेन्टिनमा लगिएको थियो।

कोरोना भाइरसको कारण ८ हप्ता लकडाउन गरेको इटली सरकारले अहिले विस्तारै खुकुलो बनाउँदै लगेको छ।

लिग सुरु गर्ने विषयमा कुनै निर्णय नभए पनि लकडाउन खुकुलो भएसँगै सिरी एका क्लबहरु अभ्यासमा फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .