अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी सहयोगी कोरोना भाइरसबाट संक्रमित भएका छन्।
बारम्बार सम्पर्कमा रहने व्यक्ति नै संक्रमित भएपछि राष्ट्रपति, उपराष्ट्रपतिसहि ह्वाइट हाउस स्टाफका अन्य सदस्यहरुको दैनिक परीक्षण गरिने भएको छ।
‘यी महानुभावसँग मेरो एकदमै कम व्यक्तिगत सम्पर्क भएको थियो,’ ट्रम्पले भने।
त्यसयता राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको रिपोर्ट निगेटिभ आएको एक प्रवक्ताले जानकारी दिए। एजेन्सी
प्रतिक्रिया