काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज (शनिबार) को खेलमा नेपालले जिम्बाब्वेविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ रोजेपछि जिम्बाब्वेले पहिले ब्याटिङ गर्ने भएको हो।

नेपालले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। काजल श्रेष्ठको स्थानमा रोमा थापा प्लेइङ ११ मा आएकी छन्।
नेपालले आजको खेल जिते सुपर सिक्स खेल्ने सम्भावना कायम राख्नेछ।
हारेमा भने नेपालको सुपर-११ सम्भावना सकिनेछ।
लगातार तीन खेल हारेको जिम्बाब्वे भने आज समूह चरणको अन्तिम खेल खेल्दै छ।
48
Shares

प्रतिक्रिया