नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई बंगलादेश प्रिमियर लिग (बिपिएल) मा राजशाही वारियर्सले लगातार दोस्रो खेलमा बेन्चमा राखेको छ।
सुरुवाती दुई खेलमा टोलीमा परेका सन्दीप त्यसपछिका दुई खेलमा बेन्चमा छन्।
राजशाहीले बिहीबार रंगपुर राइडर्सविरुद्ध चौथो खेल खेल्दैछ। राजशाहीले लिगमा दुई खेलमा जित र एक खेलमा हार भोगेको छ।
अंक तालिकामा चार अंक जोडेको राजशाही शीर्ष स्थानमा छ। राइडर्सले लिगमा आज दोस्रो खेल खेल्दैछ। राइडर्स लगातार दोस्रो जितको खोजीमा छ।
राइडर्सले टस जितेर फिल्डिङ रोजेपछि राजशाशीले ब्याटिङ गरिरहेको छ।
114
Shares

प्रतिक्रिया