सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनीले जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी एनपीएल दोस्रो सिजनको च्याम्पियन बनेको हो। उपाधिसँगै लुम्बिनीले एक करोड १० रुपैयाँ पुरस्कार पनि जितेको छ।
त्यस्तै, उपविजेता सुदूरपश्चिमलाई ५१ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ।
एनपीएल दोस्रो सिजनमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उनले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन्। एनपीएलका १० खेलमा १५ विकेट लिएका थिए।
उनी फाइनल खेलमा पनि प्लेअर अफ द म्याच भए। उनले सुदूरपश्चिमका महत्त्वपूर्ण तीन विकेट लिएका छन्। फाइनलमा २.१ ओभर बलिङ गरेका रुबेनले तीन रन मात्रै खर्चिए।
एनपीएलमा नेपालीतर्फ रोहित पौडेलले सर्वोत्कृष्ट खेलाडी बने। उनले ओमोडा कार पाएका छन्। प्रतियोगितामा उनले दुई सय ७६ रन बनाएका थिए भने नौ विकेट लिएका थिए।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर पोखराका एडम रोसिङटन बने। उनले ५० हजार रुपैयाँ पुरस्कार पाए। एडमले सात खेलमा तीन सय २३ रन बनाएका थिए।
त्यस्तै, सर्वाधिक रन बनाउने नेपाली खेलाडी रोहित पौडल बने। रोहितले मोटरसाइकल पुरस्कार पाए। उनले दुई सय ७६ रन बनाएका थिए।
प्रतियोगितामा सर्वोत्कृष्ट बलर विराटनगर किंग्सका सन्दीप लामिछाने बने। उनले मोटरसाइकल पुरस्कार पाए। सन्दीपले नौ खेलमा १७
विकेट लिएका छन्। त्यस्तै, सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्लले पनि १७-१७ विकेट लिएका छन्। तर, अविनाश र शेरको भन्दा राम्रो इकोनमी भएकाले सन्दीप उत्कृष्ट बलर भए।
यसैगरी, प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनीका शेर मल्ल बने। उनले मोटरसाइकल पुरस्कार पाए। शेरले १७ विकेट लिएका थिए।
सुदूरपश्चिमका अविनाश बोहरा रेडबुल इनर्जेटिक प्लेअर अफ टुर्नामेन्ट भए। उनले दुई लाख रुपैयाँ पुरस्कार पाए।
एनपीएलमा प्रेजिडेन्सिअल ग्राजुएट स्कूल इमर्जिङ प्लेअर अफ टुर्नामेन्टको उपाधि लुम्बिनीका तिलक भण्डारीले पाए। उनले एक लाख रुपैयाँ पुरस्कार पाए।
फाइनल खेलमा प्लेअर अफ म्याच लुम्बिनीका रुबेल ट्रम्पलम्यान बने। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए। फाइलन खेलमा उनले २.१ ओभरमा तीन रन दिएर तीन विकेट लिएका थिए।
Shares

प्रतिक्रिया