राजनीति


प्यानलका लागि नामावली तयार पार्दै ओली

प्यानलका लागि नामावली तयार पार्दै ओली

एमाले एघारौँ महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सरोज शाही/नेपालखबर


नेपालखबर
मंसिर २७, २०८२ शनिबार २२:५, काठमाडौँ

नेकपा (एमाले)को एघारौँ महाधिवेशनको उद्घाटन समारोह सकिएसँगै अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलको नामावली तयार गर्नमा जुटेका छन्।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा शनिबार एमालेको महाधिवेशन उद्घाटन गरिएको छ। आईतबारबाट नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। यससँगै एमालेको नेतृत्व चयनका लागि चुनाव हुने पक्कापक्की जस्तै छ। 

आईतबार नेतृत्व चयनको प्रक्रिया सुरु हुँदा ओलीले फेरि अध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरिसकेका छन्। त्यससँगै आफ्नो टिम बनाउन ओली तयारीमा जुटेको उनी निकट नेताहरूले बताएका छन्। 

एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ। जसअनुसार, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सात हुन्छ। त्यसका लागि ओलीले नामावली तयार गर्न लागेका हुन्। 

ओली निकट एक पदाधिकारीका अनुसार, उपाध्यक्षमा केहीलाई दोहोर्‍याउने गरी छलफल थालेका छन्। त्यस्तै, महासचिवमा लगभग शंकर पोखरेललाई नै उम्मेदवार बनाउने ओलीको तयारी रहेको उनी निकट एक पदाधिकारीले बताए। 

उपमहासचिवमा भने पुरानैलाई दोहोर्‍याउने कि नयाँ ल्याउने भन्ने गरी छलफल भइरहेको ती पदाधिकारीको भनाइ छ। सचिवका लागि पनि प्रदेशका नेताहरूसँग छलफल गरिरहेका छन्। सचिवमा धेरैले दाबी गरेकाले उम्मेदवार छनोट गर्न ओलीलाई सकस भइरहेको छ। 

यससँगै दुई सय ५१ जना केन्द्रीय सदस्यको नामावली पनि तयार गर्नुपर्नेछ। त्यसको पनि सूची बनाउन छलफल भइरहेको ओली निकट नेताले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad