खेल


विराटनगरसँगको खेलमा सुदूरपश्चिमले गर्‍यो पाँच खेलाडी परिवर्तन

विराटनगरसँगको खेलमा सुदूरपश्चिमले गर्‍यो पाँच खेलाडी परिवर्तन

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १६:१, काठमाडौँ

विराटनगर किंग्ससँगको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले पाँच खेलाडी परिवर्तन गरेको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो क्वालिफायर हुँदै छ। यसअघि गत शनिबार विराटनगर र सुदूरपश्चिम लिग चरणमा भिडेका थिए। जसमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो। 

आजको खेलमा भने सुदूरपश्चिमले पाँच खेलाडी परिवर्तन गरेको छ। सुदूरपश्चिमले दीपक बोहरा, हिक्मत महरा, जस ब्राउन, ध्रुव परासर र पुनित मेहरालाई बेन्चमा राखेको छ। 

त्यस्तै, विराटनगरले पनि एक खेलाडी परिवर्तन गरेको छ। विराटनगरले शंकर रानाको स्थानमा नारायण जोशीलाई ल्याएको छ। 

आजको खेलमा सुदूरपश्चिमले पहिलो ब्याटिङ गर्दै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad