समाज


पीसीएल नर्सिङ पठनपाठनका लागि सय शय्याको अस्पताल चाहिने व्यवस्था परिवर्तन गर्न सुझाव

पीसीएल नर्सिङ पठनपाठनका लागि सय शय्याको अस्पताल चाहिने व्यवस्था परिवर्तन गर्न सुझाव

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १६:८, काठमाडौँ

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को पुनसंरचनाका लागि गठित कार्यदलले प्रमाणपत्र तह नर्सिङ (पीसीएल) पठनपाठनका लागि आफ्नै १ सय शय्याको अस्पताल चाहिने व्यवस्था परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ।  

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा संयोजकत्वको कार्यदलले आफ्नै १ सय बेडको सट्टा अन्य १ सय शय्याको अस्पतालसँग पनि सहकार्य गर्न सकिने प्रावधान राख्नुपर्ने औंल्याएको हो। कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई सोमबार प्रतिवेदन बुझाएको छ। 

संयोजक शर्माले एक शय्याको अस्पताल हुनु पर्ने प्रावधान गलत भएका कारण परिवर्तन गर्नुपर्ने बताए। 

‘पीसीएल नर्सिङ् पढाउन १ सय शय्याको अस्पताल हुनु पर्ने प्रावधान लागू गराउन खोज्नु गलत हो। यो प्रावधानले नेपालमा नर्सिङ शिक्षाको विकासको सट्टा माग हुँदाहुँदै पनि नियोजन भएको देखिन्छ। आफ्नो १ बेडको अस्पतालको सट्टा आफ्नो वा अन्य १ सय बेडको अस्पतालसँग सम्झैता गरी सञ्चालन गर्न सकिने व्यवस्था राख्नु उपर्युक्त देखिन्छ। यो प्रावधान परिवर्तन गर्न सुझाव दिएका छौँ,’ उनले भने। 

कार्यदलले निजी, सार्वजनिक साझेदारी नीतिलाई प्रोत्साहन गरी नेपालमा नै नर्सिङ शिक्षा प्रदान गर्ने प्रशस्त अवसर मिल्ने जनाएको छ। सरकारी स्तरबाट सञ्चालित शिक्षालय र सरकारी अस्पतालहरूबीच सरल किसिमले प्राथमिकता दिएर नर्सिङ कार्यक्रम सञ्चालन गर्न उपर्युक्त हुने समेत सिफारिस गरेको छ।

चिकित्सा शिक्षा ऐन २०७५ ले आफ्नै १ सय शय्याको अस्पताल चाहिने व्यवस्था गरेको छ। १ सय शय्याका अस्पताल नभएका कारण सीटीईभीटीले सम्बन्धन दिएका अधिकांश नर्सिङ कलेज बन्द छन्।  

आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले ऐनमा गरिएको व्यवस्था लागू हुने बताउँछन्। 

‘चिकित्सा शिक्षा ऐनले नै पीसीएल नर्सिङ कार्यक्रम चलाउन १ सय शय्याको अस्पताल हुनु पर्छ भनेको छ। ऐन नै कार्यान्वयनमा जान्छ। कुनै सुझावले भन्दैमा व्यवस्था हट्दै,’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad