खेल


भारत बन्यो साफ महिला च्याम्पियन

फाइनलमा साबिक विजेता बंगलादेश पराजित
भारत बन्यो साफ महिला च्याम्पियन

नेपालखबर
जेठ २४, २०८३ आइतबार १२:२०, काठमाडौँ

साविक विजेता बंगलादेशलाई पराजित गर्दै घरेलु टोली भारतले साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ। 

शनिबार राति गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भएको फाइनलमा दुई पटकको च्याम्पियन बंगलादेशलाई ३–१ ले हराउँदै भारतले उपाधि जितेको हो। भारतको जितमा प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले गोल गरे। बंगलादेशका लागि रितु पुर्णा चक्माले एक गोल फर्काइन्।

भारतले सन् २०१९ पछि साफ च्याम्पियनसिपको उपाधि जितेको हो। पछिल्ला २ संस्करणको सेमिफाइनलमा नेपालसँग पराजित हुँदै भारतको उपाधि होड यात्रामा पुर्णविराम लागेको थियो। तर यो पटक बंगलादेशले नेपाललाई सेमिफाइनलमा नै रोकेपछि भारतले साफको उपाधि जित्ने मौका पाएको हो। 

भारतविरुद्ध फाइनलमा मैदान उत्रदा बंगलादेश उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा थियो। तर घरेलु टोलीले बंगलादेशको सपनालाई अधुरो बनाइदियो। 

बंगलादेशलाई हराएसँगै भारतले छैटौँ पटक साफको उपाधि जितेको हो। योसँगै साफमा भारतले आफ्नो पुरानो साखलाई फर्काएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad