खेल


नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालखबर
जेठ २५, २०८३ सोमबार १५:५४, काठमाडौँ

हङकङलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको विजेता बनेको छ। 

सोमबार भएको फाइनलमा हङकङलाई डीएल मेथडमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा दुई विकेटको क्षतिमा ११४ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाले प्रभावित खेलमा नेपालले डीएल मेथडमा जित दर्ता गरेको हो। 

नेपालका लागि रोहित पौडेल ३५ र कप्तान दीपेन्द्रसिह ऐरी नौ रनमा अपराजित रहे। ओपनर कुशल भुर्तेलले ६५ रनको योगदान दिए। उनले ४० बलमा ८ चौका र ३ छक्का प्रहार गरे। 

अर्का ओपनर आशिफ शेख शून्यमै पेभेलियन फर्के। दोस्रो विकेटका लागि रोहित र कुशल भुर्तेलले ४६ बलमा ६३ रनको साझेदारी गरेका थिए। 

त्यसअघि सिगांपुर नेशनल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८८ रनको योगफल तयार पारेको थियो।

हङकङका लागि अन्सुमन रथले ८० रन बनाए। उनले ४५ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। साहिद वासिफले ५५ रन थपे। शिव माथुरले २६ रन बनाए। 

नेपालका लागि शेर मल्लले चार विकेट लिए। करण केसीले दुई र सन्दीप लामिछानेले एक विकेट लिए। 

एसियाली खेलकुद छनोटबाट नेपालसँगै हङकङ, मलेसिया र ओमानले जापानमा हुने २०औँ एसियाली खेलकुद २०२६ मा स्थान पक्का गरिसकेका छन्। 

सिंगापुरमा भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएपछि यी चार टोलीले एसियाली खेलकुदमा स्थान बनाएका हुन्। 

यी चार टोलीले अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकासँगै एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। जापान भने आयोजक राष्ट्रको नाताले एसियाडमा छनोट भएको हो। 

एसियाडमा पुरुष क्रिकेट ४ सेप्टेम्बरदेखि सुरु हुनेछ। फाइनल खेल ३ अक्टोबरमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad