खेल


एनपीएलमा आज विश्राम, भोलि हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

एनपीएलमा आज विश्राम, भोलि हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १०:२७, काठमाडौँ

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेल नरहेको आयोजक संस्थाले जनाएको छ। 

लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मंगलबार अपरान्ह ४ बजे  हुने पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन्।  

सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्। 

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad