राजनीति


प्रधामन्त्री कार्की र दुर्गा प्रसाईँबीच आज वार्ता

प्रधामन्त्री कार्की र दुर्गा प्रसाईँबीच आज वार्ता

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १०:१७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबीच आज छलफल हुँदैछ। 

सोमबार दिउँसो ३ बजे सिंहदरबारमा प्रसाईँसँग प्रधानमन्त्री कार्कीको वार्ता गर्न लागेकी हुन्।  

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले यही मंसिर १५ गते प्रसाईंलाई पत्र लेखेर आज (मंसिर २२ गते) दिउँसो ३ बजेका लागि छलफल गर्न बोलाएका हुन्।   

मेडिकल व्यवसायी प्रसाईँकै आग्रहअनुसार उनीसँग प्रधानमन्त्री कार्कीले छलफल गर्न लागेको   प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रसाईंको समूहले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका माग राखेर विभिन्न ढंगले आन्दोलन गर्दै आएको छ। केही दिनअघि भारत पुगेका प्रसाई आइतबार मात्रै काठमाडौँ आइपुगेका छन्।

यही मंसिर १२ गते प्रसाईँले गृहमन्त्री ओम प्रकाश अर्यालसँग पनि वार्ता गरेका थिए। त्यो वार्तामा उनले आफूले प्रधानमन्त्री कार्कीसँगै वार्ता गर्न चाहेको बताएपछि सरकारले उनलाई वार्ताको लागि बोलाएको हो। 

सामाजिक शान्तिमा खलल पुर्याएको आरोपमा प्रसाईंलाई मंसिर ६ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि उनी छुटेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad