खेल


विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो

विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १०:३५, काठमाडौँ

भोलिदेखि सुरु हुन लागेको विश्वकप फुटबल हेर्न अमेरिका जाँन लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएको छ।

उनीहरु विश्वकप फुटबल हेर्न अमेरिका जानका लागि आज बिहान त्रिभुवन विमानस्थलमा पुगेका थिए। 

नेम्वाङ र राईलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए। 

‘खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का बोधार्थ पत्रको आधारमा उहाँहरूलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो,’ तिवारीले नेपालखबरसँग भने, ‘खेलकुदका कार्यक्रमका लागि उहाँहरूलाई बाहिर जान नदिनु भन्ने पत्र हामीलाई केही दिन अघि नै आएको थियो। सोही पत्रको आधारमा हामीले उहाँहरूलाई बाहिर जानबाट रोकेका हौँ।’ 

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेम्वाङ राईसहितका एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad