त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
खेल बुधबार अपराह्न ४ः०० बजेदेखि सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई अङ्क मात्रै जाेड्न सकेकाे छ।
प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाब छ।
66
Shares

प्रतिक्रिया