खेल


निरास हुनुपर्दैन, हामी ‘कमब्याक’ गर्छौं : सोमपाल कामी

निरास हुनुपर्दैन, हामी ‘कमब्याक’ गर्छौं : सोमपाल कामी

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार २१:१०, काठमाडौँ

कर्णाली याक्सका कप्तान सोमपाल कामीले अब बाँकी तीन खेलमा ‘कमब्याक’ गरेर अन्तिम चारमा पुग्ने बताएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार कर्णालीले अन्तिम बलमा विराटनगर किंग्ससँग हार ब्यहोरेको छ। कर्णालीको यो तेस्रो हार हो। चार खेलमा एक खेल मात्रै जितेको कर्णालीको दुई अंक छ। 

सञ्चारकर्मीसँग कुराकानी गर्दै सोमपालले अब बाँकी तीन खेलमा जित हासिल गरेर अन्तिम चारमा पुग्ने विश्वास रहेको बताए। ‘हाम्रो ब्याटिङ राम्रो छ। आज गाह्रो विकेट थियो, तैपनि हामीले राम्रो स्कोर बनायौं। हामीले फिनिस राम्रो गर्न सकेनौं, त्यति मात्रै हो,’ उनले भने, ‘अब आउने खेलमा फिनिस राम्रो गर्नेछौं। निरास हुनुपर्ने छैन, अबका तीन खेलमा कमब्याक गर्छौं।’

विराटनगरसँगको खेलमा केही कमजोरी भएको औंल्याए। ‘आज धेरै गल्ती गर्‍यौं, त्यही भएर म्याच गुमायौं,’ उनले भने, ‘क्याच छोड्यौं, एउटा नो बल गयो। त्यो महंगो भयो।’

यो पिचमा एक सय ६० रन राम्रै स्कोर भएको बताउँदै बसिर अहमदले राम्रो खेल्दा र आफूहरूले केही कमजोरी गर्दा हारिएको उनको भनाइ थियो। ‘टी–२० खेलै यस्तो हो, एक ओभरमा परिवर्तन हुनसक्छ। त्यसैले आज भएका कमजोरी सुधार्दै अर्को खेलमा राम्रो गर्छौं,’ सोमपालले भने। 

अबका खेलमा दबाब हुने पनि उनले स्वीकारे। त्यो दबाबलाई चिरेर अघि बढ्ने उनको विश्वास थियो। ‘अबका तीन खेलमा प्रेसर हुन्छ। प्रेसर हुनु पनि जरुरी छ, त्यसले जिम्मेवार बनाउँछ,’ उनले भने। 

कर्णालीले मंसिर १४ गते आइतबार काठमाडौँ गोर्खाजसँग र मंसिर १६ गते मंगलबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै। अन्तिम खेलमा मंसिर २१ गते आइतबार जनकपुर बोल्टससँग भिड्नेछ। 

अहिले कर्णालीको दुई अंक छ। अब तीनै खेल जितेमा आठ अंक हुँदा अन्तिम चारमा पुग्ने सम्भावना रहनेछ। 

यो पनि पढ्नुहोस् : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad