राजनीति


यो चुनाव विगतभन्दा फरक, कम खर्चमा हुनुपर्छः प्रधानमन्त्री कार्की

यो चुनाव विगतभन्दा फरक, कम खर्चमा हुनुपर्छः प्रधानमन्त्री कार्की

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार २१:१०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने धारणा राखेकी छन्। नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखिन्।

प्रधानमन्त्रीले भनेकी छन्, ‘तपाईँहरू चुनावको तयारीमा जुट्नुभएको छ। यो खुसीको कुरा हो। सँगसँगै यो चुनाव विगतभन्दा फरक हुनुपर्छ। कम खर्चमा हुनुपर्छ। प्रचारप्रसारमा तडकभडक हुनुहुँदैन। उम्मेदवारको पैसा खर्च नहुनेगरी प्रचारको शैली परिवर्तन गर्नुपर्छ। अनि सदनमा पनि राम्रा मान्छे पुग्छन्।’

प्रतिनिधिमण्डलका तर्फबाट परिवार दलका अध्यक्ष एकनाथ ढकालले वर्तमान सरकार गठन भएपछि तत्कालै आफ्नो पार्टीले स्वागत गरेको र गुणदोषका आधारमा आलोचना वा समर्थन गर्ने बताए। उनले निर्वाचन प्रयोजनका लागि आफूले दल दर्ता गरिसकेको पनि जानकारी गराउँदै निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले गरिरहेको प्रयास प्रसंशनीय रहेको बताए। 

‘यहाँले जुन परिस्थितिमा जिम्मेवारी लिनुभयो, त्यो स्वागतयोग्य छ। हामीले दलका तर्फबाट तत्कालै स्वागत गर्ने निर्णय पनि गरेका थियौँ। अहिले निर्वाचनको वातारण बनाउन खटिइरहनुपर्छ। सबै दल पनि अब निर्वाचनकै तयारीमा जुट्नुपर्छ। हामी यसैका निम्ति लागिरहेका छौँ। निर्वाचनको वातावरण बनाउनका लागि प्रमुख दलको नेतृत्वसँग पनि संवाद गर्नुहोस् भन्ने हाम्रो सुझाव छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad