खेल


पाँच विकेट लिँदा गुरु र आमाबुवालाई सम्झिएँ : रञ्जित कुमार

पाँच विकेट लिँदा गुरु र आमाबुवालाई सम्झिएँ : रञ्जित कुमार

नेपालखबर
मंसिर १०, २०८२ बुधबार २०:२७, काठमाडौँ

विराटनगर किंग्सविरुद्धको खेलमा प्रभावशाली रहेका चितवन राइनोजका बलर रञ्जित कुमारले पाँच विकेट लिँदा गुरु र आमाबुवालाई सम्झिएको बताए। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार रञ्जितले पाँच विकेट लिएपछि चितवनले सहज जित हासिल गरेको छ। खेलपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा रञ्जितले भने, ‘पाँच विकेट लिएपछि गुरु र आमाबुवालाई सम्झिएँ।’

किफायति बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र २१ रन खर्चिए। एनपीएलको जारी सिजनमा एकै खेलमा पाँच विकेट लिने रञ्जित पहिलो खेलाडी हुन्। 

रञ्जितले पाचौँ ओभरको तेस्रो बलमा साम हेजलेटलाई तथा पाचौँ बलमा बसिर अह्मदलाई पेभेलियन फर्काएका थिए। सातौँ ओभरको अन्तिम बलमा नरेन भट्टलाई आउट गरेका उनले ११औँ ओभरमा पनि लगातार दुई विकेट लिए। ११औँ ओभरको दोस्रो बलमा नारायण जोशीलाई तथा तेस्रो बलमा सूर्य तामाङलाई पेभेलियनको बाटो देखाएका थिए। 

कप्तान र प्रशिक्षकले ढुक्क भएर बलिङ गर्न भनेकाले सजिलो भएको उनले बताए। ‘मेरो योजना क्लियर थियो। कप्तान र प्रशिक्षकले ढुक्क भएर बलिङ गर भनेका थिए। त्यही अनुसार मैले बलिङ गरेको थिएँ,’ उनले भने। 

सबैको सहयोगले राम्रो गर्न सकेको उनको भनाइ थियो। उनले भने, ‘पाँच विकेट लिएपछि एकदमै राम्रो लागिरहेको छ। टिममा अरुले मलाई सपोर्ट गर्नुभयो। त्यसैले गर्न सके।’

विदेशी खेलाडीले गर्दा टोलीमा फाइदा भइरहेको उनको अनुभव छ। सबै एकजुट भएर खेलिरहेको बताउँदै रञ्जितले भने, ‘अहिलेसम्म राम्रो गरिरहेका छौं, आउने खेलमा अझ राम्रो गर्छौं।’

यो पनि पढ्नुहोस् : विराटनगरको अपराजित यात्रामा चितवनले लगायो ‘ब्रेक’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad