ग्लोबल


बिहारका पूर्वमन्त्री तेजप्रताप यादव गिरफ्तार

बिहारका पूर्वमन्त्री तेजप्रताप यादव गिरफ्तार

बिहारका पूर्वमन्त्री तेजप्रताप यादव (फाइल फोटो)


नेपालखबर
साउन १०, २०८३ आइतबार १०:४२, काठमाडौँ

बिहार सरकारका पूर्वमन्त्री तथा जनशक्ति जनता दलका नेता तेजप्रताप यादवलाई प्रहरीले गिरफ्तार गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार राति पक्राउ गरिएका उनलाई १४ दिनको न्यायिक हिरासतमा राख्न पटनाको बेउर जेल पठाइएको छ। 

तेजप्रताप यादवले जुलाई २५ मा पटनामा आयोजित बिहार बन्दमा भाग लिएका थिए। यस क्रममा उनलाई प्रहरीले केही समय हिरासतमा लिएको थियो तर पछि रिहा गरेको थियो।

तेजप्रताप यादवका वकिल जगन्नाथ सिंहका अनुसार धारा १०९ र सरकारी काममा अवरोध पुर्‍याउनेसम्बन्धी धाराअन्तर्गत मुद्दा चलाइएको छ।

तेजप्रताप यादवले हालै सामाजिक सञ्जालमार्फत ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेलाई बिहारमा आन्दोलन सुरु गर्न अपिल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad