खेल


बाबरको शतकमा पाकिस्तानलाई एकदिवसीय शृंखला

बाबरको शतकमा पाकिस्तानलाई एकदिवसीय शृंखला

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ७:९, काठमाडौँ

बाबर आजमले दुई वर्षपछि शतक प्रहार गरेसँगै पाकिस्तानले श्रीलंकासँगको एक खेल बाँकी छँदै एकदिवसीय शृंखला जितेको छ।

रावलपिण्डीमा गए राति भएको दोस्रो एकदिवसीय खेलमा पाकिस्तानले श्रीलंकालाई आठ विकेटले पराजित गरेको हो। श्रीलंकाले दिएको २८९ रनको लक्ष्य पाकिस्तानले दुई विकेटको क्षतिमा ४८.२ ओभरमा पूरा गरेको हो। 

पाकिस्तानका लागि बाबर आजमले अभिजित १०२ रन बनाए। उनले ११९ बलमा आठ चौका प्रहार गरे। 

त्यस्तै, पाकिस्ताना लागि फकर जमानले ७८, मोहम्मद रिवानले ५१ र सैम आयुवले ३३ रन बनाए। श्रीलंकाका लागि दुसमन्था चमीराले दुई विकेट लिए। अन्य बलरले विकेट लिन सकेन। 

यसअघि ब्याटिङ गरेको श्रीलंकाले आठ विकेटको क्षतिमा २८८ रन बनाएको थियो। श्रीलंकाका लागि जनिथ लियानागेले ५४,  कमिन्डु मेन्डिसले ४४, सुदिरा समिराविक्रमले ४२ र वानिन्डु हसरंगाले ३७ रन बनाए। पाकिस्तानका लागि हरिस रौफ र अब्रार अह्मदले तीन-तीन तथा मोहम्मद वासिमले एक विकेटले लिए। 

यो जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय शृंखला २-० ले जितेको छ। अब तेस्रो खेल आइतबार अपराह्न ३ः१५ बजे रावलपिण्डीमा हुनेछ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad