खेल


झापा महिला गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार २१:४३, झापा

त्रिभुवन आर्मी फुबटल क्लब एलभीडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शिवसताक्षीको दूधे रङ्गशालामा जारी उक्त प्रतियोगिताको आज भएको क्वाटरफाइनल खेलमा विभागीय टोली आर्मीले आरएस पोखरा एफसीलाई ६–० गोलअन्तरले पराजित गरेको हो। अब पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सङ्कटा फुबटल क्लबबीच तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

आजको खेलको सुरुआती चरणमा आर्मी क्लबकी जेनिफर रानामगरले पहिलो गोल गरेकी थिइन्। खेलको ३३औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गरिन्। पहिलो हाफको इन्ज्युरी समयमा विमला विकले आर्मीका लागि तेस्रो गोल गरिन्। 

दोस्रो हाफको ८५औँ मिनेटमा विमला चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० गोलको अग्रता दिलाइन्। खेलको ९०औँ मिनेटमा शर्मिला थापाले तथा इन्ज्युरी समयमा विमला चौधरीले आर्मीका लागि क्रमशः पाँचौँ र छैटौँ गोल गरिन्। 

खेलको प्लेयर अफ दी म्याच आर्मीकै विमला चौधरी घोषित भइन्। उनले रु १५ हजार नगद र ट्रफी प्राप्त गरिन्। प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad