न्युजिल्यान्डका पूर्वकप्तान केन विलियम्सनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्।
टी–२० आई बाट सन्यास लिदै केनले यो आफ्नो र टोलीका लागि सहि समय भएको बताएका छन्। सन्यास घोषणा गर्दै केनले नयाँ खेलाडीलाई अवसर दिन र विश्वकपका लागि तयार हुन जरुरी रहेको बतएका छन्।
टी–२० आई बाट सन्यास लिएपनि केन टी–२० फ्रेन्चाइज र एक दिवसिय क्रिकेटलाई भने निरन्तरता दिनेछन्।
केनले आगामी डिसेम्बमा वेष्ट इण्डिजविरुद्ध हुने तीन टेष्ट सिरिज खेल्नेछन्।
केनले टी–२० आईमा २ हजार ५ सय ७५ रन बनाएका छन्। सन् २०२१ को विश्वकप फाइनलमा उनले ८५ रनको महत्वपुर्ण योगदान दिएका थिए। तर सो फाइनलमा न्युजिल्यान्ड अष्टे«लियासँग पराजित भएको थियो। सन् २०११ मा जिम्बाबेविरुद्ध खेल्दै उनले टी–२० आइमा डेब्यु गरेका थिए।
21
Shares

प्रतिक्रिया