कर्णाली


लागुऔषध कारोबारमा संलग्न कारागारबाट फरार कैदीसहित ५ जना पक्राउ

लागुऔषध कारोबारमा संलग्न कारागारबाट फरार कैदीसहित ५ जना पक्राउ

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १४:२८, सुर्खेत

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये एक जना लागूऔषध मुद्दामा सजाय भुक्तान गर्दै कारागारबाट फरार भएको खुलेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ का ३० वर्षीय नरेन्द्र ठाडा रहेका छन्। उनलाई शंकास्पद अवस्थामा फेला पारेर शरीर तथा घर तलासी गर्दा साथबाट ५३० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठाडा काठमाडौंको जगन्नाथदेवल कारागारमा लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका थिए र गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा फरार भएका थिए।

उनीसँगै सोही स्थानबाट वीरेन्द्रनगर नगरपालिका–८ की १९ वर्षीया ललिता तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढाले जानकारी दिए।

त्यसैगरी, सोही दिन साँझ साढे ८ बजे वीरेन्द्रनगर नगरपालिका–११ स्थित शुभ्वाकुनाबाट थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको क।प्र। ०२–००१ ज ०७०९ नम्बरको ईभी गाडीमा सवार ती व्यक्तिहरूको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरिएको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ का १८ वर्षीय बिशाल ठाडा मगर, वडा नम्बर १२ का अन्दाजी २२ वर्षीय राजु सुनार र वडा नम्बर ७ का १८ वर्षीय रमेश सुनार रहेका छन्।

प्रहरीले पक्राउ परेका सबै जनामाथि आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad