वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी-२० आई सिरिजका लागि मुख्य प्रशिक्षक स्टुआर्ट लले अनुभवी लेग स्पिनर सन्दीप लामिछानेलाई बाहिर राख्दै सुरुवाती ११ सार्वजनिक गरेका छन्।
प्रशिक्षक ल ले सन्दीपलाई बेन्चमा राख्दै वेस्ट इन्डिजविरुद्ध ११ सदस्यीय सुरुवाती टोली घोषणा गरेका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आजको खेलका लागि बुझाएको १५ सदस्यीय खेलाडीको सूचीमा स्पिनर सन्दीप लामिछानेको नाम नरहेको बुझीएको छ।
शुक्रबार टोलीसँगै प्रशिक्षणमा रहेका सन्दीप आज पनि मैदानमा आएका थिए। यद्यपि उनको नाम १५ सदस्यीय सूचीमा नरहेकाले अन्य खेल पनि खेल्छन् वा खेल्दैनन् भन्ने एकीन छैन।
1.8k
Shares

प्रतिक्रिया