राजनीति


कांग्रेसले बोलायो १५ दिनपछि केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले बोलायो १५ दिनपछि केन्द्रीय कार्यसमितिको बैठक

नेपालखबर
असोज ११, २०८२ शनिबार २०:३१, काठमाडौँ

नेपाली कांग्रेसले १५ दिनपछि, असोज २६ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

बैठक २६ गते आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो।

जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका हुने छ। 

बैठकका एजेन्डा भने खुलाइएको छैन। जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बैठक बोलाएको हो। 

महामन्त्री गगन थापा लगायतका नेताहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन गरिरहेका बेला आह्वान भएको बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad