मलेसियामा सोमबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४०.५ ओभरमा अलआउट भएर नेपाल सामु ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।
नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर मलेसियाले प्रस्तुत गरेको लक्ष्यलाई भेट्टाएको हो।
नेपालले अब सिंगापुर र हङकङमध्ये एक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपालको जितका लागि कप्तान रोहित कुमार पौडेलले ३१ रन बनाए भने भिम सार्कीले ३३ रन बनाए। दुवैले अविजित खेलेका हुन्। यस्तै ओपनर पवन सर्राफले १८ रन बनाए।
यसअघि मलेसियाका लागि मुहम्मद आमिरले २४, हाकिल मोहम्मद खैरले १२, वान अमिरुल जुल कारनियनले ११ तथा अहम्मद अखमल आलिफले १० रन जोड्न बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले ३ विकेट लिए भने कुशल मल्लले २ तथा तिलक राज भण्डारी, रासिद खान र कमल सिंह ऐरिले समान एक–एक विकेट लिए।

प्रतिक्रिया