माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ। आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ।
आईसीआर नेपालले नेपालका वित्तिय संघसंसथाहरुमा क्रेडिट रेटिङ्ग सम्बन्धमा समयसमयमा विभिन्न अध्ययन अनुसन्धानहरु गर्दै आएको छ। माछापुच्छ्रे बैंक लिमिटेडले उक्त रेटिङ्ग प्राप्त गरेपछि तीन अर्ब ऋणपत्र जारी गर्नका लागि बाटो खुलेको छ। बैंकले साउनको पहिलो साताबाट तीन अर्बबराबरको ऋणपत्र बजारमा ल्याउँदै छ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११९ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ३१ स्थानबाट करिब ७ लाख ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १ सय ४१ वटा एटीएमहरु संचालनमा रहेको छन्।

प्रतिक्रिया