खेल


एसियन कप छनोटमा नेपालको अघिल्लो चरण पुग्ने सम्भावना जीवित

एसियन कप छनोटमा नेपालको अघिल्लो चरण पुग्ने सम्भावना जीवित

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १५:४९, काठमाडौँ

अन्तिम समयमा सुक्रिया मियाको निर्णायक गोलमा नेपाली युवा टोलीले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा पहिलो जित दर्ता गरेको छ। 

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० को गोल अन्तरले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो।

पहिलो जित सँगै नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राखेको छ। 

खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रियाले गोल गर्दै नेपाललाई महत्वपूर्ण ३ अंक दिलाएकी थिइन्। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो ९० औँ मिनेटमा सुक्रियाले गोल गर्न सफल भएकी थिइन्।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी सुक्रियाले गोल गरेकी हुन्। 

जितसँगै नेपालले अंक तालिकामा ४ अंक जोडेको छ। लगातार दोस्रो खेलमा हार भोगेको साउदीको भने अघिल्लो चरण पुग्ने सम्भावना सकिएको छ। 

नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी गरेको थियो। साउदीले भने पहिलो खेलमा दक्षिण कोरियासँग १५–० को फराकिलो हार व्यहोरेको थियो। 
आजै हुने दोस्रो खेलमा घरेलु टोली भुटान र दक्षिण कोरिया भिड्दैछन्।

समूह चरणको अन्तिम खेलमा आइतबार कोरियासँग खेल्ने तालिका छ। 

एसियन कप छनोटमा नेपाल रहेको समूहमा आयोजक भुटानसहित उत्तर कोरिया र साउदी अरब रहेका छन्। यो समूहमा रहेको मंगोलियाले भने नाम फिर्ता लिएको छ। 

छनोटको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० महिला एसियन कपमा स्थान बनाउनेछ। 

छनोटमा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। ८ समूहका विजेता टोली, उत्कृष्ट ३ उपविजेता टोलीले एसियन कपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad