ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् विकास विभागको महानिर्देशकमा जीवछ मण्डललाई ल्याएका छन्।
नवीनराज सिंहलाई मन्त्रालयमा तानेर मण्डललाई महानिर्देशक बनाइएको हो।
मण्डल यसअघि २०८० माघ २३ देखि गत वर्ष साउन २१ सम्म ६ महिनाका लागि पनि महानिर्देशक बनेका थिए।
जलविद्युत् आयोजनाहरुलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढिरहेका बेला ऊर्जामन्त्री खड्काले विभागको महानिर्देशक बदलेका हुन्।
417
Shares

प्रतिक्रिया