खेल


टोटनह्यामका पूर्वकप्तान सन ह्युग लस एन्जलस एफसीमा

टोटनह्यामका पूर्वकप्तान सन ह्युग लस एन्जलस एफसीमा

नेपालखबर
साउन २२, २०८२ बिहिबार १२:८, काठमाडौँ

टोटनह्यामका पूर्वकप्तान सन ह्युग मिन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा पुगेका छन्। 

लस एन्जलस एफसी पुगेपछि ३३ वर्षीय दक्षिण कोरियाली खेलाडी सनले क्लब आफ्नो पहिलो रोजाइ नभएको र क्लबका अध्यक्षसँगको कुराकानीपछि उनको मन परिवर्तन भएको बताएका छन्। 

एलएफसीले सनका लागि २० मिलियन पाउन्डभन्दा बढी रकम तिरेको छ। सनलाई टोलमा भित्राउन क्लबले मेजर लिग सकरको अहिलेसम्म कै कीर्तिमानी रकम तिरेको हो। सनसामु दुई वर्षको सम्झौतामा थप दुई वर्षको विकल्प समेत छ। 

टोटनह्याममा १० वर्ष बिताएपछि सनले शनिबार एक पत्रकार सम्मेलनमा क्लब छाड्ने बताएका थिए। सनले यो सपना साकार भएको समेत बताएका छन्। 

सनले भने, ‘इमानदारीका साथ भन्नुपर्दा यो मेरो पहिलो रोजाइ थिएन। तर सिजन सकिएपछि अध्यक्ष जोन थोरेन्टनसँगको पहिलो फोन वार्तापछि मेरो मन र दिमाग परिवर्तन भयो।’

‘उनले मलाई म कहाँ हुनुपर्छ भनेर गन्तव्य देखाए, अब म यहाँ छु, धेरै खुसी र उत्साहित छु,’ उनले थपे।

सन् २०१५ मा बायर लेभरकुसेनबाट टोटनह्याम पुगेका सनले टोलीका लागि ४ सय ५४ खेलमा १ सय ७३ गोल गरे।

सनकै कप्तानीमा टोटनह्यामले म्यानचेष्टर युनाइटेडलाई हराउँदै १७ वर्षपछि युरोपा लिगको पहिलो उपाधि उचालेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad