जोआओ पेड्रोको दुई गोल सहयोगमा चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा फ्लुमिनेन्सलाई २-० गोल अन्तरले हराउँदै चेल्सी क्लब विश्वकपको उपाधि नजिक पुगेको हो।
आफ्नो बाल्यकालको क्लबविरुद्ध चेल्सीमा डेब्युु गरेका २३ वर्षीय पेड्रोले सानदार सुरुवात गरे। पहिलो हाफको १८ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ५६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पेड्रोले अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेल्सी क्लब विश्वकपको उपाधि नजिक पुगेको हो।
दोस्रो सेमिफाइनल खेल आज बुधबार राति हुँदैछ।
165
Shares

प्रतिक्रिया