खेल


महिला टोली सोमबार बिहान नेपाल आइपुग्ने

महिला टोली सोमबार बिहान नेपाल आइपुग्ने

नेपालखबर
असार २२, २०८२ आइतबार १४:६, काठमाडौँ

एएफसी एसियन कप २०२६ अन्तर्गत छनोट चरणको खेल खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार बिहान नेपाल आइपुग्ने भएको छ। 

समूह चरणको अन्तिम खेलमा शनिबार राति उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि नेपालको एसियन कप खेल्ने सपना अधूरै रहेको थियो।

निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

महिला टोलीले समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० ले पराजित गरेको थियो। दोस्रो खेलमा श्रीलंकामाथि ८–० को फराकिलो जित निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad