विश्वकपअन्तर्गत समूह ‘एफ’को जारी खेलमा स्विडेनको दुई गोलपछि ट्युनिसियाले एक गोल फर्काएको छ।
स्विडेनबाट २ गोल खाइसकेपछि खेलको ४३औँ मिनेटमा ट्युनिसियाका लागि डिफेन्डर ओमार रेकिकले गोल गरेका हुन्।
खेलको सातौँ मिनेटमै स्विडेनका यासिन अयारीले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए।
त्यसपछि स्विडेनका लागि अलेक्जेन्डर इसाकले ३०औँ मिनेटमा गोल थपेका हुन्।
ट्युनिसियाले १ गोल फर्काउँदा अहिले पहिलो हाफ टाइम भएको छ।
39
Shares

प्रतिक्रिया