खेल


ट्युनिसियालाई ५-१ ले हराउँदै स्विडेन समूह एफको शीर्ष स्थानमा

ट्युनिसियालाई ५-१ ले हराउँदै स्विडेन समूह एफको शीर्ष स्थानमा

नेपालखबर
असार १, २०८३ सोमबार ९:५६, काठमाडौँ

विश्वकपअन्तर्गत समूह ‘एफ’को खेलमा स्विडेनले ट्युनिसियालाई ५-१ अन्तरले हराएको छ। 

सोमबार बिहान भएको खेल जितेसँगै स्विडेन समूह एफको शीर्ष स्थानमा उक्लिएको छ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्विडेनले ट्युनेसियालाई सहजै हराएको हो।

विजयी स्विडेन ३ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिँदा पराजित ट्युनेसिया भने अंकविहीन रहँदै पुछारमा पुगेको छ। 

स्विडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-एक गोल गरे।

पराजित ट्युनिसियाका लागि ओमार रेकिकले खेलको ४३औँ मिनेटमा एक गोल फर्काएका थिए।

यही समूहका जापान र नेदरल्यान्ड्सले १/१ अंक जोडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad