खेल


नेपाल राष्ट्रिय रोलार डर्बी प्रशिक्षण अन्तिम चरणमा

नेपाल राष्ट्रिय रोलार डर्बी प्रशिक्षण अन्तिम चरणमा

नेपालखबर
असार १५, २०८२ आइतबार १६:३६, काठमाडौँ

कोरियाको इन्चोक सिटिमा जुलाई १८ बाट सुरु हुने १८औँ वर्ल्ड एसियन स्केट च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला तथा पुरूष तर्फका रोलर डर्बी खेलका खेलाडीहरुको प्रशिक्षण अन्तिम चरणमा पुगेको छ।

खेलाडीहरुले स्केट र सेफ्टी गियरका साथ नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्।  

रोलर डर्बी खेलको प्रशिक्षण काठमाण्डौको स्केट भेन्यु, जडीबुटी, डाइनामिक्स क्लब, भक्तपुर र रक एन्ड र्‍याकेट पार्क, बूढानीलकण्ठमा विगत लामो समयदेखि नियमित रुपमा हुँदै आइरहेको छ। 

आधारभूतदेखि विशिष्ट तहका यस तालिममा नियमिततर्फ १२ जना पुरुष र १२ जना महिलाले तालिम प्राप्त गरेका हुन्। २३×३३ मिटरको ओभल रिङ्ग्स तथा ट्रयाकमा ५/५ जनाले १ घण्टा खेल्ने यस कन्ट्याक्ट खेल जोखिमपूर्ण तर निकै रोमाञ्चक हुने गर्दछ। 

सो च्याम्पियनसिपलाई लक्षित गर्दै गरिएको प्रशिक्षण अन्तिम चरणमा रही खेलको स्ट्राटेजिक प्लानिङ फर कम्पिटिसन इन बी/डब्लुमा प्रवेश गरेको प्रमुख प्रशिक्षक दिलिप राज बरालले जानकारी दिए।

यो खेल खेल्न तथा सञ्चालन गर्नको लागि यसको प्रविधिक पक्षबारे विशेष ज्ञान हुन आवश्यक छ। खेल खेल्न खेलाडीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुन आवश्यक हुन्छ। खेलाडीहरुको द्रुत निर्णय क्षमताले खेलको नतिजामा फरक पर्न सक्ने हुँदा यस्तो निर्णय लिन सक्ने खेलाडीहरुलाई यस खेलमा अब्बल मानिन्छ।

“भारतको पञ्जाब राज्यमा विश्व स्केट की अन्तर्राष्ट्रिय प्रशिक्षक एलेन फ्रेन्च र भारतीय प्रशिक्षक सन्दिप भटनागरले समेत नेपाली टिमका राष्ट्रिय खेलाडिहरु, अफिसियल, र प्रशिक्षक लाई प्रशिक्षित बनाई प्रतिस्पर्धाको लागि अझै बलियो बनाइएको छ”, नेपालका एक मात्र ए–क्लास लाइसेन्स प्राप्त प्रशिक्षक बरालले भने।

नेपाली स्केटर्स शारीरिक रुपले तन्दुरुस्त, मानसिक रुपले चुस्त र नैतिकवान् भएकोले यस प्रकृतिको प्राविधिक खेल त्यसमाथि पश्चिमा देशबाट उत्पत्ति भए पनि नेपाली खेलाडीहरु यस खेलको लागि विश्व प्रतिस्पर्धाका लागि योग्य रहेका छन्। नेपालका विभिन्न जिल्लाहरुबाट प्रशिक्षणमा रहेको खेलाडीहरुबाट उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरु राष्ट्रिय टिममा सहभागी भई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धाका लागि तयार भएका र विश्वका कुनै पनि राष्ट्रमा हुने क्षेत्रीय तथा ग्लोबल प्रतिस्पर्धाका उच्चस्तरीय प्रतिस्पर्धा गर्न सक्ने गरी तयार गरिएको संघका महासचिव सत्य थापा तथा अफिसियल विकास लामाले स्पष्ट पारे।

नेपालको एक मात्र स्केटिङ्ग खेलको संघठन, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग एसोसिएसनलाई संघका अध्यक्ष अच्युत खनालले नेतृत्व प्रदान गरेका छन्। उनको सक्रियतामा १० वर्षअगाडि संघ दर्ता भई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरुमा आबद्ध रही स्केटिङ खेल तथा प्रतियोगिताहरु आयोजना गरी तीव्र रुपमा यसको विकास हुँदै गएको छ।

रोलर डर्बी खेलको नेतृत्वकारी भूमिकामा अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा, अफिसियल बिकास लामा तथा टिम म्यानेजर सन्जु श्रेष्ठ रहेका छन् भने प्राविधिकतर्फ प्रमुख प्रशिक्षक दिलिप राज बराल तथा टिम क्याप्टेन पासाङ वाङ्ची शेर्पा र अभिषेक मानन्धर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad