खेल


रसिला तामाङलाई म्यानमारमा माउन्ट पोपा अल्ट्रा रनको उपाधि

रसिला तामाङलाई म्यानमारमा माउन्ट पोपा अल्ट्रा रनको उपाधि

नेपालखबर
असार १५, २०८२ आइतबार १६:४८, काठमाडौँ

अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन्।

म्यानमारमा भएको ५० किमि दूरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो भएकी हुन्।

सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियनसिपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६ घण्टा १८ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरिन्। 

सोही दूरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घण्टा ३८ मिनेट ४२ सेकेन्ड समय लगाएका थिए।

महिलातर्फ दोस्रो हुने यीयीले नौ घण्टा नौ सेकेन्डमा दोड पूरा गरिन्। साराह सेङ तेस्रो भइन्। पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे।

जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटीएम च्याम्पियनसिप फाइनलमा चयन भएकी छन् । रसिलाले जितपछि ओभरअलमै जित प्राप्त गर्दा निकै खुसी लागेको बताइन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad