खेल


कप्तानबाट हटाएपछि पोल्यान्डका कीर्तिमानी गोलकर्ता लेवान्डोस्कीले छाडे राष्ट्रिय टोली

कप्तानबाट हटाएपछि पोल्यान्डका कीर्तिमानी गोलकर्ता लेवान्डोस्कीले छाडे राष्ट्रिय टोली

नेपालखबर
जेठ २६, २०८२ सोमबार १४:२४, काठमाडौँ

पोल्यान्डका कीर्तिमानी गोलकर्ता रोवर्टो लेवान्डोस्कीले देशका लागि नखेल्ने बताएका छन्। लेवान्डोस्कीलाई टोलीको कप्तानबाट हटाएपछि उनले टोलीका लागि नखेल्ने बताएका हुन्। 

३६ वर्षीय लेवान्डोस्कीले पोल्यान्डका लागि १ सय ५८ खेलमा ८५ गोल गरेका छन्। लेवान्डोस्की अहिले इन्टरनेशनल विन्डोमा टोली बाहिर छन्। 

पोल्यान्डको फुटबल फेडेरेसनले लेवान्डोस्कीलाई व्यक्तिगत रुपमा यसबारेमा जानकारी गराएको बताएको छ। क्लबको आन्तरिक टोली र प्रशिक्षण स्टाफको सल्लाहमा इन्टर मिलानका मिडफिल्डर पिओटर जिइलिन्स्कीलाई नयाँ कप्तानको जिम्मेवारी दिएको फेडेरेसनले बताएको छ। 

यो निर्णयपछि बार्सिलोनाका लेवान्डोस्कीले परिस्थिती र प्रशिक्षकमाथिको विश्वासको कमीलाई ध्यानमा राख्दै प्रशिक्षक माइकल प्रोबिर्यस जिम्मेवारीमा रहेसम्म पोल्यान्डको राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

पोल्यान्ड एफएले फिफा विश्वकप छनोटअन्तर्गत मंगलबार फिनल्यान्डविरुद्धको खेलअघि प्रशिक्षक माइकल प्रोबिर्यसले यसबारेमा जवाफ दिनेछन्। जसमा कप्तान जिइलिन्स्की पनि सामेल हुनेछन्। 

५२ वर्षिय प्रोबियर्स सन् २०२३ को सेप्टेम्बरमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। २०२४ को युरो कपमा पोल्यान्ड आफ्नो समुहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिने पहिलो देश बनेको थियो। यद्यपी विश्वकप २०२६ को छनोटमा पोल्यान्ड दुई जितपछि समुहको शीर्ष स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad