खेल


महिला टी-२० विश्वकप एसिया छनोट: बहराइनविरुद्ध नेपालको जित

महिला टी-२० विश्वकप एसिया छनोट: बहराइनविरुद्ध नेपालको जित

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १३:१५, काठमाडौँ

महिला टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ। शनिबार बिहान मौसमले प्रभावित खेलमा नेपाल ९ विकेटले विजयी भएको हो। 

नेपाल र बहराइनको खेल ५ ओभरमा झारिएको हो। ५ ओभरमा ४२ रनको लक्ष्य पाएको नेपालले मात्रै एक विकेट गुमाएर ४ बलअघि नै पूरा गर्‍यो। 

नेपालको जितमा कविता कुँवर ११ बलमा १८ रन जोडेर रनआउट भइन्। सम्झना खड्काले १० बलमा १३ र कप्तान इन्दु बर्मा ५ बलमा ७ रन जोडेर नटआउट रहे। 

थाइल्यान्डको तरथाई क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बहराइनलले पनि एक विकेटको क्षतिमा ४१ रन बनाएको थियो। 

बहराइनका लागि कप्तान दीपिका रसाङ्गिकाले नटआउट ३४ रन जोडिन्। ओपनर जायनाव फाजिललाई २ रन बनाउँदा पूजा महतोले आउट गरिन्। थारंगा गजनायकेले १२ बल खेल्दा मात्रै ३ रन जोडिन्। 

यसअघि शुक्रबार नेपाल र हङकङको खेल वर्षाका कारण प्रभावित भएको थियो।

२ खेलबाट ३ अंक जोडेको नेपाल शीर्षस्थानमा छ। अब नेपालले फेरि हङकङसँग मंगलबार र बहराइनसँग बिहीबार दोस्रो चरणमा खेल्ने छ। 

त्यसपछि शीर्षस्थानमा रहने टोली सुपर ३ मा पुग्नेछ। सुपर ३ बाट शीर्ष २ टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad