ग्लोबल


भारत र पाकिस्तान हानाहान भएपछि अमेरिकाको फोन

भारत र पाकिस्तान हानाहान भएपछि अमेरिकाको फोन

बायाँबाट क्रमश: भारतीय विदेशमन्त्री एस. जयशंकर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिर


नेपालखबर
बैशाख २७, २०८२ शनिबार १३:३५, काठमाडौँ

भारत र पाकिस्तानबीच हानाहान भएपछि अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरसँग फोनमा कुरा गरेका छन्।

भारतका विदेशमन्त्री एस. जयशंकरले आफ्नो एक्स अकाउन्टमा मार्को रुबियोसँग कुराकानी भएको जानकारी दिएका छन्। 

उनले लेखेका छन्, ‘आज बिहान मैले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेँ। भारतको अडान सधैँ संयमी र जिम्मेवार रहेको छ र भविष्यमा पनि यस्तै रहनेछ।’

यसैबीच अमेरिकाले पनि भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको वार्ताबारे विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिअनुसार, ‘अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कुरा गरे। विदेशमन्त्री रुबियोले दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने तरिका खोज्नुपर्नेमा जोड दिए ताकि तनाव कम होस् र कुनै गलत नहोस्।’

साथै अमेरिकी विदेशमन्त्री रुबियोले भविष्यमा कुनै पनि विवादबाट बच्न अमेरिकाले दुई देशबीच वार्ताका लागि मद्दत गर्न सक्ने प्रस्ताव पनि राखे। 

यस्तै अमेरिकाले पाकिस्तानी सेना प्रमुख असिन मुनीरसँग भएको वार्ताबारे पनि विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री मार्को रुबियोले आज बिहान पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग कुरा गर्नुभयो। यस क्रममा उनले दुवै पक्षलाई तनाव कम गर्ने उपाय खोज्न अपिल गर्नुभयो र भविष्यमा हुने द्वन्द्वबाट बच्न वार्ता सुरु गर्न अमेरिकी सहयोगको प्रस्ताव गर्नुभयो।’

अप्रिल २२ का दिन जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो।

जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध 'अपरेसन बुन्यान-अन-मार्सुस' थालिएको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad