खेल


कुवेतविरुद्ध नेपालको खराब सुरुवात

कुवेतविरुद्ध नेपालको खराब सुरुवात

नेपालखबर
चैत ३१, २०८१ आइतबार १३:३७, काठमाडौँ

चारदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि जवाफी ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। 

जवाफी ब्याटिङ थालेको नेपालले पाँचौ ओभरमै चार विकेट गुमाएको हो। ४.५ ओभरमा नेपालले ४ विकेटको क्षतिमा २८ रन बनाएको छ। 
नेपालका लागि ओपनर कुशल भुर्तेल ७ बल खेल्दा ३ रनमै आउट भए। आसिफ शेखले ११ बलमा २१ रन जोडे। कुशल मल्ल पहिलो बलमै आउट भए। दीपेन्द्र सिंह ऐरीले पनि रनको खाता नै खोल्न सकेनन्। 

अहिले कप्तान रोहित पौडेल र बसिर अहमद क्रिजमा छन्। लिग चरणमा नेपालले कुवेतलाई ६ विकेकटले पराजित गरेको थियो।

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad