राजनीति


शेखरको प्रस्ताव: कर्मचारीलाई संवैधानिक निकायमा नियुक्तिको लागि २ वर्षको ‘कुलिङ पिरियड’

शेखरको प्रस्ताव: कर्मचारीलाई संवैधानिक निकायमा नियुक्तिको लागि २ वर्षको ‘कुलिङ पिरियड’

नेपालखबर
चैत ३१, २०८१ आइतबार १३:३९, काठमाडौँ

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीलाई संवैधानिक निकाय, राजदूत वा अन्य सरकारी पदमा नियुक्तिको लागि कम्तीमा पनि दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत् कोइरालाले यसले पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न मद्दत पुग्नेसमेत दाबी गरेका छन्। 

‘उच्च पदस्थ सरकारी कर्मचारीलाई संवैधानिक  निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्छ। यसले पारदर्शिता बढाउने र ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’लाई कम गर्न मद्दत गर्दछ,’ आइतबार सामाजिक सञ्जालमा नेता कोइरालाले लेखेका छन्। 

संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारी सेवानिवृत्त भएको दुई वर्षसम्म संवैधानिक वा कूटनीतिक निकायमा नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै निकायमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकअनुसार रिटार्यड सचिव र सहसचिवले पहिलो २ वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रूपमा काम गर्न पनि नपाइने व्यवस्था छ।

विधेयकमाथि संसदीय समितिमा छलफल हुँदा उच्च पदस्थ सरकारी कर्मचारीलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कुलिङ पिरियडको पक्ष र विपक्षमा बहस भएको थियो। उच्चपदस्थ कर्मचारीहरू कुलिङ पिरियड राख्न नहुने पक्षमा छन्।

त्यसका लागि उनीहरुले विभिन्न ढंगले लविङसमेत गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad