हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ।
कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको हो।
कुवेतका रविजा सन्दारुवानले सर्वाधिक ६३ बनाए। नेपालका नन्दन यादव र सोमपाल कामीले २/२ विकेट लिए। त्यस्तै करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए।
कुवेतले पावर प्लेमा १ विकेटको क्षतिमा ७१ रन जोडेको भए पनि पछिल्लो ओभरमा नेपालले राम्रो पुनरागमन गर्दै १७४ रनमा रोक्न सफल भएको हो।
यसअघि नेपालले कुवेतले दिएको १८६ रनको लक्ष्य पूरा गरेको थियो।
186
Shares

प्रतिक्रिया