खेल


आईपीएल: हैदरावादविरुद्ध लखनउको पहिलो जित

आईपीएल: हैदरावादविरुद्ध लखनउको पहिलो जित

नेपालखबर
चैत १५, २०८१ शुक्रबार ७:२६, काठमाडौँ

निकोलस पुरानको विष्फोटक ब्याटिङमा लखनउ सुपर जायन्टले इण्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। 

बिहीबार राति सम्पन्न खेलमा लखनउले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै आईपीएलमा पहिलो जित हात पारेको हो। 

जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो हार भोगेको हैदरावाद भने २ अंकसहित छैटौँ स्थानमा छ। 

हैदरावादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। लखनउको जितमा निकोलस पुरनले सर्वाधिक ७० रनको योगदान दिए। 

उनले २६ बलमा ६ चौका र ६ छक्का सहयोगमा ७० रन बनाउँदा प्याट कुमिन्सको बलमा एलबीडब्लु धरापमा परे। उनले १८ बलमा ४ चौका र ५ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

ओपनर मिचेल मार्सले ५२ रन थपे। मार्सले ३१ बलमा ७ चौका र २ छक्का हाने। मार्सले २९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। 

अब्दुल समाद २२ र डेविड मिलर १३ रनमा अविजित रहे। कप्तान रिसव पन्तले १५ रन थपे। लनखउका प्याट कुमिन्सले २ विकेट लिए। मोहम्मद सामी, आडम जम्पा र हर्ष पटेलले समान एक विकेट झारे। 

त्यसअघि हैदरावादस्थित राजिव गान्धी इन्टरनेशनल स्टेडियममा लखनउले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिको १ सय ९० रनको योगफल तयार पारेको थियो। 

हैदरावादका लागि ओपनर त्राभिस हेड ४७ रन बनाउँदा प्रिन्स यादवको बलमा बोल्ड आउट भए। अनिकेत वर्माले ३६ र नितिश कुमार रेड्डीले ३२ रन थपे। हेिरच क्लासेनले २६ रन थपे। कप्तान प्याट कुमिन्स १८ रनमा क्याच आउट भए। 

हैदरावादविरुद्ध घातक बलिङ गरेका लखनउका लागि सार्दुल ठाकुरले आफ्नो स्पेलमा ३४ रन खर्चेर ४ विकेट झारे। 

उनले ओपनर अविशेक शर्मालाई ६ र इसान किसानलाई शुन्य रनमा क्याच आउट गराए।  ठाकुरले अभिनव मनोहरलाई २ र मोहम्मद सामीलाई १ रनमा मा क्याच गराए। 

अविशेक खान, दिग्भेस राठी, रवि विस्नोइ र प्रिन्स यादवले समान एक विकेट आफ्नो नाममा गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad